दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी जिसी निर्वाचित

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७९, सोमबार

नेपालगन्जः दाङको बंगलाचुली गाउँपालिका उपाध्यक्षमा स्वास्थ्यकर्मी भक्तबहादुर जिसी निर्वाचित हुनुभएको छ । उहाँ जिसी नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ । उहाँले ५ हजार ९४५ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा निर्वाचित जिसीले नेकपा एमालेकी सरस्वताकुमारी घर्तीलाई भारी मत अन्तरले पराजित गर्नुभएको हो । घर्तीको ३ हजार २६५ मत आएको छ।

उपाध्यक्ष निर्वाचित जिसी सोही गाउँपालिकामा स्वास्थ्य संयोजकका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँनेपाल स्वास्थ्यकर्मी संघ दाङका सदस्य समेत हुनुहुन्छ ।

यसैगरी, जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य निर्वाचित हुनुभएको छ भने सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी पुनम चौधरी दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित हुनुभएको छ ।

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech