तुलसीपुरमा झाडापखालाबाट एक बालकको मृत्यु, चारजना बिरामी

    • स्वास्थ्य पेज

  • २८ बैशाख २०७९, बुधबार

दाङ: दाङको तुलसीपुरमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ उरहरि निवासी साढे दुई वर्षका अनमोल पुनको झाडापखालाबाट मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो ।

झाडापखालाबाटै चार जना बिरामी समेत परेका छन् । बिरामी पर्नेहरुमा ५० वर्षीय बुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन रहेका छन् । उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिनुभयो। चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर छ ।

उनिहरुमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले जनाएको छ। गर्मीयाम सुरु भएसँगै अस्पतालमा झाडापखाला लगायतका बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ ।

  • २८ बैशाख २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech