३० वैशाखमा कोरोना खोप कार्यक्रम सञ्चालन नहुने

    • स्वास्थ्य पेज

  • २५ बैशाख २०७९, आईतवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।

छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

 

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech