चुनावी ‘माईक्रो म्यानेजमेन्टमा’ डा कनोडियाको सक्रियता

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७९, शुक्रबार

उसै पनि ब्यस्त रहने ब्यक्ति त्यसमाथि चुनावी माहोल, उहाँलाई भ्याई नभ्याई छ । फोनमा त ब्यस्त रहन्छ नै चुनावी कार्यक्रम,घर दैलो र मतदातालाई मतदान गर्न सिकाउने अभियानमा पनि डा.सुरेश कनोडिया उत्तिकै लागि पर्नु भएको देखिन्छ ।  पेशाले चिकित्सक डा.कनोडियाको सामाजिक र राजनीतिक क्षेत्रमा सक्रियता पनि लोभ लाग्दो नै छ ।

२०७४ सालमा नेपालगन्जको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार भईसकेका डा.कनोडिया यतिबेला भने नेपलगन्जको निर्वाचन परिचालन तथा सचिवालय समितिको संयोजक भएर चुनावी मोर्चाको ब्यवस्थापन गरिरहनु भएको छ ।

कांग्रेसका तर्फबाट संघ र प्रदेशमा समानुपातिकमा पटक-पटक सिफारिस भईसकेका पेशाले चिकित्सक डा.कनोडिया लोकतान्त्रिक आन्दोलनमा समेत सक्रिय अनुहार हो । चुनावी अभियानमा बर्षौं देखि कांग्रेसको मैन खम्बा झैं चुनौतिपुर्ण भूमिका निभाउँदै आईरहनु भएको छ डा.कनोडियाले ।

नेपालगंज उपमहानगरपालिकाको मेयर पदका लागी भएको चुनावमा कांग्रेसका तर्फबाट स्वयं चुनाव लडेका डा.कनोडियालाई यो पटक प्रमुख पदमा गठबन्धनका तर्फबाट कांग्रेस पार्टीका उम्मेद्वार प्रशान्त विष्ट लगाएतका उम्मेद्वारलाई चुनाव जिताउने अभिभारा थपिएको छ ।

स्वास्थ्य क्षेत्रमा उल्लेख भूमिका निर्वाह गरिरहेको नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा.कनोडिया कांग्रेसको संगठनमा महासमिति सदस्य हुनुहुन्छ । उहाँ यस क्षेत्रकै सबै भन्दा ठुलो स्वास्थ्य संस्था सञ्चालन गरिरहेका कुशल ब्यवस्थापक समेत हुनुहुन्छ ।
यतिबेला उहाँको भूमिका सबै २३ वटै वडाको चुनाव जिताउने
हो । पार्टीले सुम्पिएको जुनसुकै जिम्मेवारी पुरा गर्न तयार रहने डा.कनोडिया ‘राजनीतिको माईक्रो म्यानेजमेन्ट’ का कुशल पात्र हुनुहुन्छ ।
नेपाली कांग्रेसको संगठन तहमा भिजेका डा.कनोडिया ‘ग्राउण्ड रियालिटि’ तथ्यगत रुपमा विष्लेशण गर्ने क्षमता उहाँको छ ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech