नियमित यौन सम्पर्कले प्रजनन क्षमतामा वृद्धि

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७९, बिहीबार

young sexy couple in love lying in bed in hotel, embracing on white sheets, close up legs, romantic mood.

नियमित यौन सम्पर्कले शारीरिक सुख प्रदान गर्ने मात्र होइन सृष्टिलाई निरन्तरता दिने काम गर्छ । तर, यसले मानिसलाई स्वस्थ र दीर्घायु बनाउन पनि सहयोग गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ ।

राम्रो एक्सरसाइजः यौन सम्पर्क शारीरिक क्रिया हो । यौन सम्पर्कका क्रममा मानिसको शरीरमा व्यायाम गर्दा जस्तै क्रियात्मक बदलाब आउने गर्छ । यौन सम्पर्कले शरीरको क्यालोरी नष्ट गरेर पनि मानिसलाई स्वस्थ बनाउने काम गर्छ । एक अनुसन्धानका अनुसार सातामा तीन पटक यौन सम्पर्क गर्ने व्यक्तिले वर्षभरिमा ७५ माइल जगिङ गर्दा नष्ट हुनेजति क्यालोरी नष्ट गर्न सक्छ ।

दुखाइबाट छुटकाराः यौन सम्पर्कका क्रममा स्त्री र पुरुष दुवैको शरीरमा इन्डरफिन नामक हर्मोन उत्पन्न हुन्छ, जसले पेनकिलरको काम गर्छ । एक अनुसन्धानका अनुसार खासगरी चरमोत्कर्षको समयमा सबैखाले दुखाइबाट छुटकारा पाइन्छ ।

प्रोस्टेटबाट सुरक्षाः यौन सम्पर्कका क्रममा पुरुषले निकाल्ने प्राय हर्मोन प्रोस्टेट ग्रन्थिबाट निस्किने गर्छ ।

यौन सम्पर्कमा संलग्न नहुने व्यक्तिको प्रोस्टेट ग्रन्थिमा ती हर्मोन रहिरहन्छन् जसले प्रकारान्तरमा समस्या उत्पन्न गर्न सक्छ । यौन सम्पर्कमा सहभागी हुने व्यक्तिको प्रोस्टेट ग्रन्थि तुलनात्मक रूपमा स्वस्थ हुन्छ ।

प्रजनन क्षमतामा वृद्धिः शारिरीक सम्पर्कमा हुने महिलाको प्रजनन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ ।

तनावबाट मुक्तिः तनावबाट मुक्ति पाउने उपायमध्ये यौन सम्पर्क एक रहेको पुष्टि भइसकेको छ । यौन सम्पर्कका क्रममा शरीरमा डोपामाइन नामक पदार्थ उत्सर्जन हुन्छ, जसले तनाव सिर्जना गर्ने हर्मोनलाई कमजोर बनाइदिन्छ । त्यसै गरी शारीरिक सम्पर्कका क्रममा उत्सर्जन हुने इडरफिन हर्मोन र अक्सिटक्सिनले पनि मानिसलाई तनावमुक्त राख्न मद्दत पुर्याउँछ ।

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech