धिक्कार छ छोरा नै चाहिने समाजलाई ?

    • बद्री पाेखरेल

  • १३ बैशाख २०७९, मंगलवार

अस्पतालमा हिजोमात्रै देखा परेको कहालीलाग्दो घटनाबारे भन्दैछु, ताकि यो घटना फेरि कसैको घरमा नदोहोरियोस्।

एक ३२ वर्षकी महिला अस्पतालमा भर्ना हुनुहुन्थ्यो, जसको गर्भको सातौं बच्चाको एवर्सन ९गर्भपतन० गरिएको थियो।

सातचोटि गर्भमा आएका बच्चामध्ये दुई बच्चा जीवित रहेछन्। तर ५ वटा बच्चाको भने एवर्सन गरिएको रहेछ। तर यो एवर्सन उनको रहर होइन, बाध्यता थियो। दुई छोरीमा एउटाको उमेर अहिले १२ वर्ष र अर्की ७ वर्षको छिन्।

दुई छोरीपछि ५ वटा एवर्सन गरियो। दोष कसकोरु स्वयं श्रीमतीको, श्रीमानको या समाजको ?

अहिले के छ त ती आमाको अवस्था भनेर सबैलाई लागिरहेको होला। हिजो आइसीयूमा भेन्टिलेटरमा राखिरहेको अवस्थामा उहाँको मृत्यु भयो। म आफैंले डेथ सर्टिफिकेटमा साइन गरेर दिएँ। अहिलेसम्म कति डेथ सर्टिफिकेटहरु साइन गरेर दिएँ होला। तर यति भावुक म अहिलेसम्म भएको थिइनँ। यसपालिको गर्भमा पनि छोरी नै बसिसकेपछि गत चैत २८ गते उहाँ ९ती महिला० लाई बच्चा फाल्ने औषधि खुवाइएको रहेछ। त्यसपछि यो घटनाको सुरुवात भयो।

मुखबाट खाएको औषधिले बच्चा फाल्न सकेन। यसलाई फेल्ड एमटिपी अर्थात् मेडिकल भाषामा प्रेगनेन्सी पूरा नभएको भनेर भन्छौं। त्यसपछि उहाँलाई कुनै अस्पतालमा लगिएको रहेछ। त्यस अस्पतालमा डिएण्डसी अर्थात् बच्चा मरिसकेपछि पाठेघरको मुखबाट फोहोर फाल्ने अपरेशन हुन्छ, त्यो गरिएको रहेछ। त्यस अपरेशनमा लामा कैचीहरु पाठेघरको मुखभित्र छिराएर फोहोरलाई च्यापेर निकाल्नुपर्छ। सबैजनालाई हुँदैन। तर त्यो अपरेशनमा हुनसक्ने जटिलता भनेको नै पाठेघर प्वाल पारेर आन्द्रा छेडिन सक्छ।

पहिला पनि एवर्सन गराइसकेको पाठेघर पातलो भइसकेको थियो। यसपालि पाठेघरले सहन सकेन। पाठेघर प्वाल पर्‍यो र आन्द्रा पनि छेडियो। सुरुमा एवर्सन गराउँन जाँदा चैत २८ श्रीमान खुसी हुनुहुन्थ्यो होला, अर्कोचोटि फेरि छोरा बस्छ कि भनेर। तर आन्द्रा छेडियो। उत्तिखेरै थाहा पाएको भए सायद ३२ वर्षको आमा बाँच्नुहुन्थ्यो होला। तर पाठेघर सफा गरिसकेपछिको दुखाई होला भनेर एक–दुई दिन लापरवाही गरियो। आन्द्रा छेडिएको दुखाइ रहेछ। आन्द्राबाट दिसा पेटमा गएर त्यो इन्फेक्सन शरीरभरि फैलिइसकेको थियो। पछि भेन्टिलेटरमा राख्नुपर्‍यो। पछि काठमाडौं ल्याउनुभयो। बचाउन सकिन्छ कि भन्ने आशाले।

तर भेन्टिलेटरले मात्र उहाँलाई धानिरहेको थियो। दुई दिनपश्चात उहाँको निधन भयो।

अझ पनि छोरा नै चाहिने त्यो समाज, परिवार धिक्कार छ। सबैले बुझ्नुपर्ने कुरा, महिलाले छोरी दिने होइन।

महिलामा दुई वटा अण्डा हुन्छ, पुरुषबाट छोरा बन्ने अण्डा आयो भने छोरा बन्छ। छोरी बन्ने अण्डा आयो भने छोरी बन्छ। महिलामा त दुई वटा अण्डा पहिल्यैबाट हुन्छ। महिलाको कारणले छोरा वा छोरी बन्ने होइन। पुरुषबाट आउने अण्डामा भर पर्छ।

यो घटनामा अन्त्यमा के भयो तरु ती जन्मिसकेका दुई छोरीले कलिलो उमेरमै आफ्नो आमा गुमाउनुप¥यो। श्रीमानको लागि छोरा होस् भनेर यतिचोटि एवर्सन गरिदिने श्रीमतीको मृत्यु भएको छ। अलिकता भए पनि ती श्रीमानको मन त पक्कै रोयो होला।

अब रह्यो परिवार र समाज। उनीहरुसँग विचरा भन्नेबाहेक अरु शब्द छ ररु छोरा, छोरी एउटै हुन् माया र संस्कार दिने हो। छोराभन्दा छोरीले आमा र बुबाको सेवा गरेको समाजमा प्रष्टै देखिएको छ।

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech