कुन समयको यौन सम्पर्कले बढी सन्तुष्टी दिन्छ ?

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७९, आईतवार

शारीरिक सम्बन्धमा सन्तुष्टिबारे मानिसका आ–आफ्नो भोगाई र सोचाई हुने गर्छन् । यसमा समय, अवस्था सबैकुराले असर गर्ने गर्छ । घरको वातावरण, जोडीको मुड जस्ता विषय पनि यौन सन्तुष्टि मापनका कारक बन्न सक्छन्।

शारीरिक सम्बन्ध कायम गर्ने सबैले सन्तुष्टि पाएका हुन्छन् भन्ने पनि हुँदैन । हतार, भय, प्रतिकुलता, खराब मुड भएको अवस्थामा राखिएको यौन सम्बन्धले सन्तुष्टि दिँदैन। तर, शारीरिक सम्बन्धबाट दम्पतीहरु तृप्त हुन चाहन्छन् ।

कतिपय अवस्थाको शारीरिक सम्बन्धले राम्रा नतिजा नदिन पनि सक्छ। शारीरिक सम्बन्धमा सन्तुष्टिका लागि दुवै जना उत्सुक र सक्रिय हुन त आवश्यक छ नै सँगसँगै शारीरिक र भावनात्मक दुबै रुपले तयार हुनुपर्छ।

मान्छेको कामवासनाको स्तर फरक हुन्छ भने यौन सम्बन्धमा समय पनि महत्वपूर्ण हुन्छ । अर्थात कुन समयमा तपाईं शारीरिक सम्बन्ध बनाउँदै हुनुहुन्छ रु त्यसले तपाईंको यौन सन्तुष्टिमा प्रभाव पार्छ।

कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि यौन सम्बन्ध बनाउनका लागि अनुकुल समय ठान्छन् । यद्यपी केही अध्ययनबाट यो समय यौन सम्बन्धका लागि उपयुक्त नभएको पत्ता लागेको छ ।

फ्रटियर्स इन साइकोलोजीको अध्ययनअनुसार बेलायतका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक सम्बन्ध बनाउँछन् । तर अध्ययनमा उनीहरु पूर्ण रुपमा यौन सम्बन्धमा सन्तुष्ट नभएको पाइएको छ ।

अध्ययनमा सहभागीमध्ये ४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी यौन सुखभोग गर्न नपाएको पाइएको छ । कतिपय दम्पतीले भने रातिको समयमा यौन सम्बन्ध राख्नु दिनको समयमा काम गरेको जस्तै अनुभव भएकाले त्यसबाट चरम आनन्द लिन नसकेको बताएका छन् ।

रातको समय विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, जसले गर्दा भोलिका लागि आफूलाई पुनः ठीक अवस्थामा ल्याउँछ । त्यसैगरी यौनका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् ।

मान्छेको बडी क्लक र यौन सम्पर्क गर्नुसँग सम्बन्ध जोडिएको छ । खासगरी यसले हर्मोन र उत्तेजनामा प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्राम आवश्यक छ ।

त्यसकारण पनि शरीरले आराम चाहेको समयमा हुने शारीरिक सम्बन्धले सन्तुष्टि दिँदैन । यौन जीवनमा सन्तुष्टिका लागि शारीरमा इनर्जीको लेभल राम्रो हुनुपर्छ ।

बेलुका या रातिको समयमा मानिसले दिनभरको थकानका कारण पूर्ण सन्तुष्टि प्राप्त हुँदैन । त्यसैले बिहानको समयमा हुने यौन सम्बन्ध बढी उपयुक्त मानिन्छ ।

बिहानको समयमा बनाइने शारीरिक सम्बन्ध राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ । शरीरले दिनभर खर्चिएको उर्जा सञ्चय गर्ने र मर्मत गर्ने समयमा हुने शारीरिक सम्बन्ध भन्दा बिहानको समयमा हुने शारीरिक सम्बन्ध उत्तम हुन्छ ।

  • ४ बैशाख २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech