दाँत तथा मुख सफा गर्ने तरिका

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०७९, आईतवार

दन्त स्वास्थ्यका बारेमा मानिसहरुमा केही गलत धारणा रहेको पाइन्छ। सामान्यतः अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर हुँदैन भन्ने धारणा पाइन्छ। जुन गलत हो। स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दाँतको स्वास्थ्यका बारेमा केही गलत आमधारणाका बारेमा सार्वजनिक गरेको छ।

दाँत निकाल्दा आँखा कमजोर हुन्छ

दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ

जुठो खाँदा दाँतमा किरा लाग्छ

नक्कली दाँत राखे कमजोर भइन्छ

उपचार गर्नुभन्दा निकाल्नु ठीक हुन्छ

दाँत नदुख्दासम्म उपचार गर्नुहुँदैन

कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ

अन्य रोगहरुको तुलनामा दाँतको रोग गम्भीर हुँदैन

दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य सामग्री नमानी विलासिता र कस्मेटिक उपचार ठान्ने

१–२ वट दाँत बिग्रदैँमा केही हुँदैन

दाँत तथा मुख सफा गर्ने तरिका
बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने

अन्यसमयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने

२ दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने

बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने

टाँसिने,प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्यपदार्थ नखाने

धूमपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने

रेसादार, ताजा फलफूल,हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गर्ने

हरेक ६ महिनामा दन्त परीक्षण गराउने

  • ४ बैशाख २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech