फार्मास्युटिकल एसोसिएसनको नयाँ नेतृत्व छान्न जेठमा निर्वाचन हुने

    • स्वास्थ्य पेज

  • ३० चैत्र २०७८, बुधबार

नेपालगन्जः नेपाल फार्मास्युटिकल एसोसिएसनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सव सम्पन्न भएको छ। काठमाडौं‌मा भएको साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २८ मा निर्वाचन गर्ने मिति तोकेको छ।

साधारण सभा र वार्षिकोत्सव कार्यक्रम सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो। सो क्रममा एसोसिएसनका संस्थापक अध्यक्ष डा पुरुषोत्तम नारायण सुवाल तथा संस्थापक समितिका अन्य अग्रज फार्मेसिस्ट तथा डाक्टरहरुलाई सम्मान गरिएको एसोसिएसनले जनाएको छ।

साधारण सभाले संस्थाको विधान संसोधन गरेको छ। संसोधित विधान अनुसार अब प्रदेशमा कार्यसमिति विस्तार गर्न बाटो खुलेको एसोसिएसनले जनाएको छ। यसैगरी, डिप्लोमा फार्मेसी पढेका व्यक्तिले पनि सदस्यता लिन पाउने बाटो खुला भएको छ।

  • ३० चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech