स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन सुरु

    • स्वास्थ्य पेज

  • २७ चैत्र २०७८, आईतवार

नेपालगन्जः नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आज आइतबारदेखि सुरु भएको छ ।

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन गर्न लागिएको हो।

सम्मेलनले विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्याविद्, नीतिनिर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञबीच भेला गराई तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिनहुँ बढ्दै गएका जनस्वास्थ्यका सवालहरुको अन्तरविषयात्मक अनुसन्धानका निस्कर्षहरुद्वारा सम्बोधन गर्ने अभ्यासमा टेवा पुर्‍याउने उद्धेश्य राखेको परिषद्ले जनाएको छ।

सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित ४० वटा अवधारणापत्र प्रस्तुत हुनेछन् भने पोस्टर प्रस्तुतिकरणका लागि ८७ वटा अवधारणाहरु छनोट गरिएका छन्। त्यस्तै, सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञलाई प्रस्तुतिकरणका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ।

सम्मेलन चैत २९ गतेसम्म हुने जनाइएको छ।

  • २७ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech