दुई दिने निःशूल्क स्वास्थ्य शिविरमा दुई सय जेष्ठ नागरिकले सेवा लिए

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०७८, शुक्रबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–१ विशालनगरस्थित स्वावलम्बी जेष्ठ नागरिक समाज नेपालको आयोजनामा दुई दिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा वि एन (ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवा गणेशमान चोक सिद्धार्थ अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविर आज सकिएको हो ।

शिविरमा दुई सय दुई सय जनाले सेवा लिएका छन् । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले बताएको छ ।

शिविरमा आँखा, कान तथा सुगर, थाइराइडको चेकजाँच तथा औषधि उपचार गरिएको थियो ।

  • २५ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech