सिजी फुड्स इन्टरप्राइजेज प्रालिमा आजदेखि निःशूल्क स्वास्थ्य परीक्षण सुरु

    • स्वास्थ्य पेज

  • २४ चैत्र २०७८, बिहीबार

नेपालगन्जः बर्दियाको बासगढी वडा नम्बर ३ स्थित सिजी फुड्स इन्टरप्राइजेज प्रालिमा आजदेखि स्वास्थ्य  परीक्षण सुरु भएको छ ।

बासगढीस्थित कौशिल्या अस्पताल प्रालिको प्राविधिक सहयोगमा सिजी फुड्स इन्टरप्राइजेज प्रालिमा स्वास्थ्य परीक्षण सेवा सुरु भएको हो ।

तीन दिनसम्म चल्ने शिविरमा पहिलो दिन आज विहीबार १२१ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । प्रालिमा ३२४ जना कर्मचारी छन् ।

कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रालिले कौशिल्या अस्पतालसँग सहकार्य गरेर शिविर आयोजना गरेको हो ।

वाइवाइ चाउचाउ उत्पादन गर्ने उक्त प्रालिमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य चेकजाँच, आँखा, रगत, छाला तथा खकारलगायतको चेकजाँच गरिएको थियो ।

समस्या देखिएका कर्मचारीहरुलाई विशेषज्ञ चिकित्सकले सिफारिसको आधारमा उपचार गरिने अस्पतालका प्रशासकिय प्रमुख शंकर न्यौपानेले जानकारी दिनुभयो ।

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech