थप सात जना सङ्क्रमित, २५ सङ्क्रमण मुक्त

    • स्वास्थ्य पेज

  • २४ चैत्र २०७८, बिहीबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १८ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि नभएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा थप २५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य रहेको छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ जना रहको छ । २४ घण्टामा ५० हजार ९३ जनाले खोप लगाएका छन् ।

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech