सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी

    • स्वास्थ्य पेज

  • २४ चैत्र २०७८, बिहीबार

नेपालगन्जः गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी गरेको छ।

उहाँ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत रहनुभएको छ ।

लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकोले उहाँमाथि कारबाही गर्न लागिएको हो।

उहाँ गत फागुन १२ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित हुनुभएको छ ।

पदीय जिम्मेवारी र आचरणविपरीत कार्य गरेको देखिएकोले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरिएको हो।

सजाय गर्नु नपर्ने कुनै कारण भए पेश गर्न पनि मन्त्रालयले सार्वजनिक सूचना निकालेर जानकारी गराएको छ। सात दिनभित्र कारण खुलाउनसमेत समय दिएको छ।

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech