औषधि अभाव भएपछि श्रीलंकामा स्वास्थ्य संकटकाल लगाइयो

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७८, मंगलवार

कोलम्बोः श्रीलंकाले जन स्वास्थ्य संकटकाल घोषणा गरेको छ । औषधि एवं स्वास्थ्य सामग्री अभाव भएपछि श्रीलंकाको शीर्ष स्वास्थ्य निकाय गभरमेन्ट मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)ले संकटकाल घोषणा गरेको हो ।

अब राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिनेइने छ । अधिकांश श्रीलंकालीहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन् ।

आर्थिक एवं विदेशी मुद्रा संकटका कारण श्रीलंका विद्युत् कटौती र अभावसँग जुझिरहेको छ । यसले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै उहाँ विरुद्ध व्यापक विरोध निम्त्याएको छ ।

राजापाक्षेको मन्त्रीपरिषद्का सदस्यहरूले राजीनामा दिएपनि उहाँले राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech