नेपालगन्ज मेडिकल कलेजले जाजरकोट अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७८, मंगलवार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेजले जाजरकोट अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका अस्पताल गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउन मेडिकल कलेज र प्रतिष्ठानसँग सम्झौता सुरु गरेसँगै नेपालगन्ज मेडिकल कलेजले जाजरकोट अस्पतालबाट विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने भएको हो ।

राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा २० अन्तर्गत सो सम्झौता सुरु गरिएको हो ।

ऐनअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सबै मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै एक जिल्लामा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिनुपर्नेछ ।

जिल्लास्तरमा विशेषज्ञ सेवाका लागि केही मेडिकल कलेजसँग सम्झौता भएको छ भने केही प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

कुन अस्पतालले कहाँ सेवा दिँदै छन् ?

– नेपालगन्ज मेडिकल कलेज, बाँके– जाजरकोट अस्पताल

– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – हुम्ला जिल्ला अस्पताल
– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – गोरखा अस्पताल
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की – दमौली अस्पताल, तनहुँ
– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान – धनकुटा अस्पताल
– धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पताल – सिन्धुली अस्पताल
– विराट मेडिकल कलेज शिक्षण अस्पताल – तेह्रथुम अस्पताल
– किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल – दोलखा अस्पताल
–नेपाल मेडिकल कलेज जोरपाटी – खोटाङ अस्पताल
– नोबेल मेडिकल कलेज शिक्षण अस्पताल – पाँचथर अस्पताल
– चितवन मेडिकल कलेज –लमजुङ अस्पताल
– कलेज अफ मेडिकल साइन्सेज भरतपुर, – मध्यविन्दु अस्पताल, नवलपुर
– लुम्बिनी मेडिकल कलेज, पाल्पा – गुल्मी अस्पताल
– गण्डकी मेडिकल कलेज, पोखरा – स्याङ्जा अस्पताल, स्याङ्जा
– मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, पोखरा–पर्वत अस्पताल
– नेसनल मेडिकल कलेज वीरगञ्ज–  गौर अस्पताल
– युनिभर्सल मेडिकल कलेज, भैरहवा – रुकुम अस्पताल, रुकुम पश्चिम
– काठमाडौं मेडिकल कलेज – रामेछाप अस्पताल

– त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पस : सिन्धुपाल्चोक अस्पताल
– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) – धादिङ अस्पताल

मन्त्रालयले सम्झौता गरेका अस्पतालले जिल्लास्तरमा बहिरंग सेवा बिरामीको रोग पहिचान र उपचारको व्यवस्था गरी अपरेसन, शल्यक्रिया गर्नुपर्ने, अप्रेसन गर्ने बिरामीको अप्रेसनपछिको जाँच, फलोअप र परामर्श दिनुपर्ने र महिला तथा प्रसूति सेवा साथै जटिल गर्भवती सेवा तथा परामर्श सेवा दिनेछन् ।

 

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech