नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७८, मंगलवार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकामा ३९ हजार जनालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तेज वलीका अनुसार २३ चैत्रदेखि २८ गतेसम्म खोप संचालन हुनेछ ।

नगरका २३ वटै वडामा गरी १५ देखि ५९ महिनाका बालबालिका १० हजार ३२५ जना र ५–१५ वर्षसम्मका २८ हजार ९०१ जनालाई खोप लगाउने लक्ष्य छ ।

नगरमा सबैभन्दा बढी खोपको वडा नं ४ मा २ हजार ८०९ र वडा नं १८ मा २ हजा ५१५ जनालाई र सबैभन्दा कम वडा नं २३ मा ४२० जनालाई लगाइनेछ ।

टाइफाइड संक्रमण सबै उमेर समूहमा हुने भएपनि १५ वर्ष मुनिका बालबालिकामा भने करिब ११ गुणा बढी संक्रमण भएको पाइएको छ ।

प्रदूषित पानी र खानाको माध्यमबाट टाइफाइड रोग सर्ने चिकित्सकहरु बताउँछन् ।

 

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech