कौशिल्या अस्पतालमा सिभिल बैंकका सेवाग्राहीलाई उपचारमा १० प्रतिशत छुट

    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७८, सोमबार

नेपालगन्जः बाँकेको कोहलपुरस्थित कौशिल्या अस्पताल र सिभिल बैंकबीच सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ ।

अस्पतालका निर्देशक राम न्यौपाने र सिभिल बैंक कोहलपुरका प्रबन्धक बसन्त रेग्मीबीच सम्झौता आदानप्रदान भएको छ ।

अव सिभिल बैंकका सेवाग्राहीले अस्पतालमाको विभिन्न सेवाहरुको प्रयोगमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउने अस्पतालका निर्देशक न्यौपानेले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सिभिल बैंकमा खाता खोलेका सेवाग्राहीले अस्पतालमा आउँदा ल्यावमा १० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट पाउने न्यौपानेले बताउनुभयो ।

एक्स रे, भिडियो एक्स रे, इन्डोस्कोपी, इको (मुटुको भिडियो एक्स रे) भर्ना बेडलगायतकामा १० प्रतिशत छुट पाउने छन् ।

तर त्यसका लागि सिभिल बैंकमा खाता भएको एकिन गर्न खाता नम्वर वा एटिएमलगायतका परिचय अस्पताललाई दिनु पर्नेछ ।

अस्पतालले चौविसै घण्टा इमरजेन्सी सेवा दिँदै आएको छ । कौशिल्याको बर्दिया बासगढीमा पनि अस्पताल रहेको छ ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech