नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा.कनोडिया मेयरमा लड्ने

गठबन्धनबाट उपमहानगरपालिका काँग्रेसलाई पर्ने र पार्टीको लाइन पनि मिल्ने भएपछि डा कनोडिया फेरि मेयरको प्रतिस्पर्धामा अगाडि देखिनुभएको हो ।


    • स्वास्थ्य पेज

  • २१ चैत्र २०७८, सोमबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा सुरेशकुमार कनोडिया नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा चुनाव लड्ने हुनु भएको छ ।

नेपाली काँग्रेसको तर्फबाट उहाँ चुनाव लड्ने लगभग पक्कापक्की जस्तै भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बन्नुभएका डा कनोडिया राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार धवलशम्शेर राणासँग पराजित हुनुभएको थियो ।

मेडिकल कलेज नेपालगन्जका १४ सयबढी कर्मचारीको कमाण्ड सम्हाल्दै आउनुभएका डा कनोडिया यो पटक पनि मेयरमै लड्ने गरी तयारी थाल्नुभएको छ ।

गठबन्धनमा नेपालगन्ज उपमहानगरपालिका काँग्रेसको भागमा पर्ने सम्भावना बलियो छ । गठबन्धनबाट उपमहानगरपालिका काँग्रेसलाई पर्ने र पार्टीको लाइन पनि मिल्ने भएपछि डा कनोडिया फेरि मेयरको प्रतिस्पर्धामा अगाडि देखिनुभएको हो ।

पार्टीले विश्वास गरेर टिकट दिए मेयर लड्ने हो उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘कार्यक्रर्ताको रुझान र विश्वास म प्रति धेरै छ ।’ अघिल्लो चुनावमा पराजय वेहोरेकाले पनि पार्टीको उच्च नेतृत्वले कनोडियाप्रति सहानुभूति राखेका बताइएको छ । तर त्यसका लागि आफ्नै लाइनका प्रशान्त विष्ट र सुरेन्द्र हमाललाई चित्त बुझाउन र सम्झाउन भने डा कनोडियालाई दवाव त छर्दै छ झेलान पनि छ ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech