लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ७० बढी दन्त चिकित्सक दुई दिन सम्म बबई रिसोर्टमा

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७८, आईतवार

नेपालगन्जः लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका दन्त चिकित्सकहरुको दुई दिने गोष्ठि बर्दियामा सम्पन्न भएको छ । बबई रिसोर्टमा चलेको दुई दिने गोष्ठिको नेपाल डेन्टल एशोसिएसनका केन्द्रीय महासचिव मालव अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

नेपाल डेन्टल एशोसिएसन बाँकेको आयोजनामा भएको गोष्ठिमा खासगरी दन्त चिकित्सकहरुलाई उनीहरुको सीप अभिबृद्धि गर्ने र दन्त उपचारमा भित्रिएको नयाँ प्रविधिबारे जानकारी गराउने काम भएको एशोसिएसनका बाँके अध्यक्ष डा विश्वनाथ चौधरीले जानकारी दिनुभयो ।

गोष्ठिमा ७० बढी दन्त चिकित्सकहरुको उपस्थिति रहेको थियो । गोष्ठिमा दन्त चिकित्सकहरुको उपचार पद्धतिमा आइरहेका समस्या, चुनौति र निराकरणका उपायकाबारेमा समेत आ–आफ्नो धारणा राख्ने काम गरेका थिए ।

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech