माग सम्बोधन नभएको भन्दै वैशाख १ देखि औषधिको आयात नगर्ने औषधि व्यवसायी संघको निर्णय

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७८, आईतवार

नेपालगन्जः नेपाल औषधि व्यवसायी संघले वैशाख १ गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको छ।

सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै संघले एक गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको हो।

आयात हुने औषधिको हकमा औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताउनुभयो ।

भारतमा जुन एमआरपी छ, आयात हुने औषधिको एमआरपी पनि त्यही अनुसार बिक्रि वितरण र नवीकरण हुनु पर्ने माग राखेर एक महिना अघि व्यवसायीहरुले औषधि व्यवस्था विभागलाई ज्ञापन पत्र बुझाएका थिए ।

आयात हुने औषधिको एमआरपी अनुसार बिक्रि वितरण गर्न नपाउँदा व्यवसायीहरुलाई समस्या भएको उहाँले बताउनुभयो ।

संघले फागुन २७ गते औषधि व्यवस्था विभागलाई आफ्ना माग सम्बोधनका लागि ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो।

संघले गतवर्ष पनि २५ बुँदे माग पत्र पेश गरेको थियो। नेपालमा बिक्रि वितरण हुने करिब ५५ प्रतिशत औषधि विदेशबाट आयात हुने गरेको संघले जनाएको छ।

  • २० चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech