कौशिल्या अस्पतालमा यसरी गरिन्छ कम्मर दुख्ने, गर्धन दुखाई र नसा च्यापिएको उपचार

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०७८, शनिबार

नेपालगन्जः ‘पुराना-पुराना कहि कतै निको नभएका बिरामीहरु पनि यहाँको उपचार पाएर सन्तुष्ट छन् कौशिल्या अस्पतालका प्रमुख राम न्यौपानेले आफ्नो अस्पतालले प्रवाह गरेको गुणस्तरीय सेवाप्रति गर्भ गर्दै अगाडि भन्नुहुन्छ-‘फिजियोथेरापी र एक्युपञ्चर उपचार पद्धतिमा विरामीको चाप हेर्ने हो भने लोभ लाग्दो नै छ । धेरैले यो पद्धतीलाई मन पराईदिनुभएको छ ।’

यो उपचारबाट धेरै विरामी सुधार भएर गएका कारण बाँकेको कोहलपुर र बर्दियाको बासगढीस्थित कौशिल्या अस्पताल फिजियोथेरापी र एक्युपञ्चर उपचार पद्धतिमा अब्बल हुँदै गएको हो ।

विशेष गरी दीर्घकालिन रोगहरु उच्च रक्तचाप, मधुमेह लगायतका रोगहरुको अलावा ढाड दुख्ने, कम्मर दुख्ने, गर्धन दुखाई, पेट दुख्ने, नसा च्यापिएका लगायत समस्याहरुमा यो उपचार पद्धति बढी प्रभावकारी हुने गरेको न्यौपानेको भनाइ छ ।

अव्यवस्थित जीवनशैली, बढ्दो तनाव र खानपान व्यवस्थित हुन नसकेको कारण उत्पन्न हुने पेट सम्बन्धी समस्याहरु (ग्याष्ट्राइसिस, कब्जियत), टाउको दुखाई (माइग्रेन), रुघाखोकी, पिनास लगायतका समस्याहरु समेत यस किसिमको उपचार पद्धतिबाट निराकरन भएका छन् ।

करिव दुई दशकदेखि कौशिल्या अस्पतालले फिजियोथेरापी र एक्युपञ्चर उपचार पद्धती संचालन गरिरहेको छ । दक्षता हासिल गरेका फिजियोथेरापिष्ट र एक्युपञ्चरिष्टबाट यहाँ उपचार प्रदान गरिने गरिएको छ । रोगको प्रकृति अनुसार विरामीलाई अस्पतालमै भर्ना गरेर पनि उपचार दिने गरिएको उहाँको भनाइ छ ।

के हो एक्युपञ्चर उपचार पद्धति ?
एक्युपञ्चर उपचार पद्धति भन्नाले हाम्रो शरीरमा भएका विभिन्न बिन्दुमा विभिन्न धातुको निर्मलीकृत सियोद्वारा घोचेर गरिने विशेष उपचार बिधि हो ।

अर्को भाषामा शरीरमा भएका विभिन्न इनर्जी च्यानहरुलाई एक्टिभेट गर्ने पद्धतिलाई एक्युपञ्चर भनिन्छ ।

यसमा छुट्टै मेरिडियन र गेट कन्ट्रोल थेउरी लागू हुन्छ । यसअन्तर्गत माइग्रेन, नसा च्यापिएको, साइनोसाइटिस, व्याक पेन (ढाडको दुखाई) लगायत धेरै शारीरिक दुखाईको उपचार हुने गरेको छ ।

यसबाट मेकानिकल व्याकपेन एवं आईबिडिपीलगायतका सबैखालका ढाड दुखाईमा राम्रो परिणाम आएको छ ।

  • १९ चैत्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech