पानीको कमी हुँदा शरीरमा देखिन्छन यस्ता स्वास्थ्य समस्याहरु

    • स्वास्थ्य पेज

  • १८ चैत्र २०७८, शुक्रबार

पानी मानव जीवनका लागि अत्यावश्यक तरल पदार्थ हो । शरीरमा पर्याप्त मात्रामा पानीको अभाव हुँदा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखा पर्ने गर्छन् ।

पर्याप्त मात्रामा पानीको अभाव हुँदा मानव शरीरमा विभिन्न प्रकारका शारीरिक परिवर्तनहरु देखा पर्ने गर्छन् । पानीको कमी हुँदा मानव शरीरमा देखा पर्ने स्वास्थ्य समस्याहरु निम्नानुसार छन्

छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु
ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम ९छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ० को कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ।

यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने तन्तनी पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमकरसौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।

मुख सुक्नु र धेरै तिर्खा लाग्नु
कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् ९किनभने मुख मरुभूमिजस्तो सुख्खा भयो भने मुख नराम्ररी गन्हाउँछ० ।

यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

टाउको दुख्नु
टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो। चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्ने मात्र होइन उपचार नै हुन्छ ।

नेस्नल हेडेक फाउन्डेसन ९एनएचएफ०का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो । साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।

सधैं थकित
दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ।

थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ।

शरीरको वजन बढ्नु
तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।

यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् । तपाईंले भोजन गर्नुअघि एक÷दुई ग्लास पानी खानु भयो भने यसले तपाईंको भोजनको मात्रा घटाउँछ, अर्थात तपाईं धेरै खान सक्नुहुन्न ।

अपचको समस्या 
यसो भन्नु अलि बढी नै पनि हुन सक्छ कि तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने शायद तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । तपाईंको शरीरलाई पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता परेको कब्जियत भएबाट सहजै बुझ्न सकिन्छ । दीर्घ कब्जियतरअपचको कारण नै पानीको कमी हो ।

पाचन क्रिया सहज बनाउन र कब्जियतरअपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु नै एकमात्र सजिलो उपाय हो । पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

मुत्रनलीको संक्रमण
मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ भन्ने एकपल्ट यसको अनुभव गरिसकेका व्यक्तिसँग सोधे प्रष्ट हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ ।

  • १८ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech