प्रधानमन्त्रीसँगै स्वास्थ्यमन्त्री खतिवडा भारत भ्रमणमा जाँदै

    • स्वास्थ्य पेज

  • १७ चैत्र २०७८, बिहीबार

नेपालगन्जः मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

शुक्रबारदेखि सुरु हुने भ्रमणमा प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। सो अवसरमा आपसी सहयोग र समझदारीका विषयमा छलफल हुने बताइएको छ। साथै, बैठकले भ्रमणदलमा जाने टोलीको समेत अनुमोदन गरेको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रेल्वे सेवा उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। त्यसैका लागि सरकारले केही दिन अघि रेल्वे अध्यादेश पुनः जारी गरेको थियो।

  • १७ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech