भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा रिसाललाई मातृ शोक

    • स्वास्थ्य पेज

  • १७ चैत्र २०७८, बिहीबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा संकेत रिसाललाई मातृ शोक परेको छ ।

उहाँकी ममतामयी आमा सुशीला शर्माको ८३ वर्षको उमेरमा निधन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका -१२ स्थित आफ्नै निवासमा गएराती ११:०३ बजे निधन भएको हो ।

उहाँ लामो समयदेखि सुगर र प्रेसर रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय मृगौला रोगबाट समेत पीडित रहेको बताइएको छ ।

प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएकी सुशीला बर्दियास्थित नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति स्व: ज्ञानराज शर्माकी धर्मपत्नी हुनुहुन्छ ।

उहाँका ३ छोरा र ४ छोरी छ्न । स्व: सुशीलाको आजै बाँकेको राप्तीनदि स्थित कम्दिघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

  • १७ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech