बर्दागोरियामा कान शिविर, १२० जनाको कान जाँच

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७८, बुधबार

नेपालगन्ज: कैलालीको बर्दागोरिया गाउँपालिका-६ पृथ्वीपुरमा आज निशूल्क कान शिबिर आयोजना गरिएको छ ।

ब्रीनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको आयोजना तथा बर्दागोरिया गाउँपालिका-६ पृथ्वीपुरको सहयोगमा एकदिने कान शिबिर आयोजना गरिएको हो

उक्त शिबिरमा १२० जनाको कान चेकजाँच गरिएको केन्द्रका सहायक कान चिकित्सक तिर्थमान थारुले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ती मध्ये २४ जनाको कानको जाली फुटेको पाइएको छ । त्यस्तै ७ जनाको कानमा फोहोर जमेको, ४ जनाको जाली सुनिएको, १४ जनामा सुनिवाई कम भएको, ४ जनाको कानमा ढुसी देखिएको छ ।

शल्यक्रिया गर्नु पर्ने बिरामीलाई नेपालगन्ज रिफर गरिएको छ । उनीहरुको शल्यक्रिया शूल्क ५० प्रतिशत वडा कार्यालय र बाँकी ५० प्रतिशत बिरामी आफैले बेहोर्नु पर्ने छ । शल्यक्रिया ब्रीनोज कान स्वास्थ्य स्याहार केन्द्रम हुनेछ ।

कान उपचारमा स्याहार केन्द्र यस क्षेत्रकै अब्बल मानिन्छ । नेपालगन्ज उपमहानगरपालिका-६ फुलटेक्रामा रहेको केन्द्रले कान सेवालाई प्रभाकारी बनाउँदै लगेको जनाएको छ ।

 

 

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech