गम्भीर रोग लागेका बिरामीलाई मासिक ५ हजार दिन सुरू

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७८, बुधबार

नेपालगन्जः गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सोव रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

कार्यविधि तयार भएसँगै अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

सरकारले प्रतिस्थापन बजेटमार्फत त्यस्ता बिरामीलाई रकम दिने उल्लेख गरेको थियो ।

देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि हिजो अनुरोधसहित पत्राचार गरिएको नीति, योजना तथा अनुगमन महाशाखाकी जनस्वास्थ्य अधिकृत सिमन काफ्लेले जानकारी दिनुभयो ।

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech