कान्ति आरोग्य हस्पिटलमा अव चौविसै घण्टा इमरजेन्सी, सबै प्रकारका शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७८, बुधबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–२ सुर्खेतरोडस्थित कान्ति आरोग्य हस्पिटलले सबै प्रकारका शल्यक्रिया सेवा सुरु गरेको छ ।

२४ सैं घण्टा इमरजेन्सी सेवा सहित अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत्  सबै खाले शल्यक्रिया सेवा सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी सन्दीप अग्रवालले जानकारी दिनुभयो ।

‘अस्पतालले आफ्नो सेवालाई थप विस्तार र फराकिलो बनाउँदै लगेको छ अग्रवालले अगाडि भन्नुभयो–‘योसँगै विशेषज्ञ चिकित्सक र प्रविधिको समेत अधिकतम उपयोग गरिएको छ ।’

अस्पतालले दुरबीन प्रविधिमार्फत् अपेन्डिक्स र पित्तथैलीकोलगायत सबै किसीमको शल्यक्रिया सुरु गरेको उहाँको भनाइ छ ।

‘नेपालगन्जका अन्य अस्पताल भन्दा कान्ति आरोग्यलाई फरक अस्पतालकारुपमा स्थापितको तयारी गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो–‘विरामीलाई अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार नितान्त परिवार जस्तै हुने छ ।’

उहाँले नवजात शिशु तथा बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन, जनरल मेडिसिन, हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ, छाला तथा यौन रोग विशेषज्ञ, न्यूरो सर्जन, नाक, कान घाँटी रोग विशेषज्ञ, जनरल सर्जरी, एक्स–रे, भिडियो एक्सरे, रगत, दिसा–पिसाव, खकारलगायतको जाँच, एनआइसीयू, पिआइसीयू र सबै प्रकारका खोपलगायतको सेवा अस्पतालले प्रदान गर्ने अस्पतालले जनाएको छ ।

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech