आयुर्वेद फर्माका सञ्चालक पक्राउ, यौन दुर्व्यवहार र अनुमतिबिना क्लिनिक चलाएको आरोप

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७८, बुधबार

नेपालगन्जः विजया आयुर्वेद फर्माका सञ्चालक रमाकान्त सापकोटा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । विजया आयुर्वेद बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा रहेको छ ।

रक्तचाप परीक्षणका लागि फर्मामा आएकी एक महिलालाई रक्तचाप जाँचको बहानामा यौन दुर्व्यवहार गरेको भन्दै महिलाले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सापकोटाले यसअघि पनि फर्मामा उपचार गर्न आउने महिलालाई यौन दुर्व्यवहार गर्ने गरेका पाइएको छ । विजया आयुर्वेद फर्मामा बिना इजाजत क्लिनिकसमेत सञ्चालन गरेको खुलासा भएको छ ।

बिरामी चेकजाँच गर्ने क्लिनिक सञ्चालनको छुट्टै अनुमति लिनुपर्ने कानुनी व्यवस्था भएपनि फार्मेसीको अनुमतिमा क्लिनिक चलाउँदै आएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न ५ म्याद थप गरी उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताउनुभयो ।

उहाँले अनुमति लिए नलिएको, दर्ता भए–नभएको लगायत सबै कुरामा अनुसन्धान गरिने भएपनि यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech