औषधिजन्य वनस्पति कुरिलोको यस्ता छन फाइदा

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७८, बुधबार

कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ्र । यो नेपालका सबै जसो भू–भागमा पाईने बहुवर्षीय लहरा युक्त वनस्पति हो ।

आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ्र खास गरी यसको जरा लाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ्र स्त्रीहरूको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसँग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ्र यसको कलिलो मुन्टा तरकारीको रूपमा खाइन्छ ।

यस्ता छन् कुरिलोका अन्य फाईदाः

घाँटी तथा श्वासप्रश्वासको समस्यामा लाभ

अनिद्रा, तनाव माइग्रेन, मानसिक कमजोरी हटाउँछ,

रक्तपित्त, श्वेतप्रदर तथा महिनावारी गडबढिमा लाभदायक

यौन दुर्वलता तथा प्रजनन सम्बन्धि समस्यामा विशेष उपयोगि

  • १६ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech