भेरीमा न्यूरो सेवा सुरु, दीर्घकालिन कति ?

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०७८, सोमबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा आजदेखि न्यूरो सेवा सुरु भएको छ । न्यूरो सेवा सुरु भएसँगै यसक्षेत्रका विरामीहरुले सस्तो, सुलभ र गुणस्तरीय सेवा पाउने भएका छन् ।

नेपालगन्ज न्यूरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टरमा आबद्ध न्यूरो सर्जन डा जोशन न्यौपाने औपचारिकरुपमा आजदेखि भेरीमा पनि आवद्ध भएसँगै पहिलो दिनमै डेढ दर्जन विरामीले सेवा लिएका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको रेफरल अस्पतालकोरुपमा रहेको भेरीमा न्यूरो सर्जनको अभाव थियो । यसअघि न्यूरो सर्जन आएपनि केही समय बस्ने र फेरि फिर्ता हुने गरेका कारण भेरीको न्यूरो सेवा नियमित हुन सकेको थिएन् । जस्का कारण विरामीहरुले चर्को मूल्य तिरेर निजी अस्पताल वा छिमेकी मुलुक भारतमा उपचारका लागि जानु पर्ने बाध्यता थियो ।

सरकारी अस्पतालमै बसेर न्यूरो सेवा दिन पाउँदा खुसी लागेको बताउँदै डा न्यौपानेले यो गरिव तथा विपन्न समुदायका लागि ठूलो राहात भएको बताउनुभयो । मस्तिष्क, नशा तथा मेरुदण्ड रोगको उपचारमा पश्चिम नेपालकै अब्बल चिकित्सकका रुपमा स्थापित युवा डा न्यौपानेले भेरीमा साताको दुई दिन (सोमवार र विहीबार) ओपिडीमा बस्नु हुनेछ ।

भेरी अस्पतालमा न्यूरोसर्जन विगतमा पनि आउने गरेका थिए । तर टिकेनन् । यस्ता अब्बल चिकित्सकहरुलाई टिकाई राख्न अस्पताल प्रशासनदेखि अस्पताल विकास समितिको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरुलाई आवश्यक उपकरणको व्यवस्थापनदेखि उपचारमा सहजता गराउन अस्पताल व्यवस्थापन समितिले पहल गरिदिनु पर्छ ।

त्यतिमात्र होइन इमरजेन्सी सेवाका लागि त्यहीअनुसार जनशक्तिको व्यवस्थापन र ती जनशक्तिलाई ट्रेन गराउन पनि जरुरी छ । रेफरल अस्पताल भन्ने तर रिफर गरि आएका विरामीलाई जनशक्ति र उपकरण छैन् भन्दै फिर्ता पठाउन भेरी अस्पतालका लागि स्वभनिय कुरा होइन् ।

त्यसैले न्यूरो सेवालाई थप प्रभावकारी बनाउन र यसक्षेत्रका नागरिकलाई सस्तो, गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्न त्यहीअनुसारको उपकरण, जनशक्तिको व्यवस्थापन अस्पताल प्रशासनले गर्नुपर्ने तत्कालको आवश्यकता देखिन्छ । नत्र न्यूरो सेवा फेरि प्रभावित नहोला भन्न सकिन्न् ।

  • १४ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech