थप १८ जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०७८, शुक्रबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७१ जना निको भएका छन् भने हाल देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार ९१६ जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४१४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६४ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।

  • ११ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech