बाँकेमा ३ लाख ८९ हजारले खाए हात्तीपाइलेको औषधि, कम खानेमा नेपालगन्जका

    • करुणा शाह

  • ११ चैत्र २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा करिव चार लाख व्यक्तिले हात्तीपाइले रोग विरुद्धको औषधि खाएका छन् ।

गएको फागुन २८ गतेबाट सुरु भएको यो अभियान अन्तर्गत हालसम्म तीन लाख ८९ हजार व्यक्तिले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकलपर्सन दुर्गा गौमतले जानकारी दिनुभयो ।

बाँकेमा ५ लाख ६८ हजार व्यक्तिलाई औषधि दिइने लक्ष्य छ । त्यसका लागि ५६० जना स्वास्थ्यकर्मी तथा ७८९ जना महिला स्वास्थ्य स्वयमसेविका अहिलेपनि परिचालन रहेको फोकलपर्सन गौतमले जानकारी दिनुभयो ।

बाँकेमा सबैभन्दा धेरै डुडुवा गाउँपालिकामा ७७ प्रतिशत र सबैभन्दा कम नेपालगन्जका ३९ प्रतिशत मानिसले औषधि सेवन गरेका छन् ।

जानकी गाउँपालिकामा ७३, बैजनाथ गाउँपालिकामा ६४, खजुरामा ६२, कोहलपुरमा ६५, नरैनापुरमा ६०, राप्तीसोनारीमा ५९ प्रतिशत व्यक्तिले औषधि सेवन गरेका छन् । औषधि खुवाउने कार्यक्रम अहिलेपनि चलिहरकोे छ ।

  • ११ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech