सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयकी सचिव जोशीलाई स्वास्थ्य मन्त्रालय तानियो

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०७८, शुक्रबार

नेपालगन्जः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई स्वास्थ्य मन्त्रालयमा तानेको हो।

जोशीलाई मन्त्रालयमा तानेर सामाजिक विकास मन्त्रालयको सचिवमा दिपक लामिछानेलाई पठाइएको छ।

जोशीलाई गत पुस २० गते सामान्यकै सहमतिमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव बनाएर पठाइएको थियो।

त्यसयघि उहाँ स्वास्थ्य मन्त्रालयकै स्वास्थ्य समन्वय महाशाखा प्रमुखका रुपमा कार्यरत रहनुभएको थियो ।

  • ११ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech