राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामबहादुर चन्दको बलियो दावेदारी, अध्यक्षमा अरु को-को ?

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०७८, सोमबार

नेपालगन्जः नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने छ। महाधिवेशन नजिकिए सँगै संघको नयाँ नेतृत्वका विषयमा पनि चर्चा चल्न थालेको छ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले यतिबेला अध्यक्ष, महासचिवसहित सदस्यसम्मका उम्मेदवार को उठ्ने हो भन्ने विषयमा चर्चा चल्न थालेको छ। सबैभन्दा बढी चर्चा अध्यक्ष र महासचिवकै चलेको छ।

अध्यक्षमा पाँच जना र महासचिवमा तीन जनाको नाम बढी चर्चामा रहेको पाएको छ। अध्यक्षमा रामबहादुर चन्द, डा झलक शर्मा गौतम, रामहरी ढकाल, त्रिलोक गुरुङ र जगत नेपालीको चर्चा चलेको छ।

यीमध्ये चन्द र डा गौतममध्ये एक जना सहमतिमा उठ्न सक्ने सम्भावना बढी रहेको बताइएको छ। चन्द संघको अहिले कार्यबहाक अध्यक्ष हुनुहुन्छ । चन्द नेपालगन्ज उपमहानगरपालिकामा स्वास्थ्य संयोजकका रुपमा कार्यरत रहनुभएको छ । उहाँ सबैभन्दा वलियो दावेदार हो ।

डा गौतम स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखामा कार्यरत रहनुभएको छ । ढकाल भरतपुर अस्पतालमा, गुरुङ लमजुङ र नेपाली काठमाडौंको एक स्वास्थ्य चौकीमा कार्यरत रहनुभएको छ ।

संघका सदस्यहरुका अनुसार अध्यक्षमा डा चन्द र गौतममध्ये एक जनाको सम्भावना बलियो रहेको छ। अध्यक्षको दौडमा रहेका अन्य दाबेदारहरु संघको अन्य पदमा सहमतिमा मिलाउने सक्ने सम्भावना पनि बढी रहेको सदस्यहरुको बुझाइ छ।

यसैगरी, महासचिवमा तीन जनाको नाम चार्चामा छ। महासचिवमा संघका हालका सचिव हिमालय तिवारीको चर्चा बढी चलेको छ। संघमा लामो समयदेखि सक्रिय तिवारी महासचिवका बलियो दावेदार रहेको सदस्यहरु बताउँछन्। तिवारी हाल वीर अस्पतालमा कार्यरत रहनुभएको छ ।

स्वास्थ्य बिमा बोर्डमा कार्यरत भिमराज सिंह र जगत नेपालीपनि महासचिवको दौडमा हुनुहुन्छ । संघ २०६२ जेठ २७ गते स्थापना भएको हो। संघको महाधिवेशन हरेक तीन वर्षमा हुनु पर्ने भएपनि यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा पार्टी बनेपछि समयमा भएको थिएन।

तर नेकपा फुटेर एमाले, माओवादी र नेकपा एस बनेको छ। पछिल्लो राजनीतिक घटनाक्रमसँगै संघले पनि आफ्नो अधिवेशन गर्न लागेको हो।

  • १४ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech