बाँकेमा क्षयरोगबाट ६ महिनामा २५ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ चैत्र २०७८, बुधबार

नेपालगन्जः बाँकेमा चालू आर्थिक वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो ।

गएको वर्ष क्षयरोगबाट ३७ जनाको मृत्यु भएको थियो । यस्तै चालू आर्थिक वर्षकोे ६ महिनामा ४९४ जना फेला परेका छन् । गएको वर्ष बाँकेमा ८ सय ३५ जना क्षयरोगी फेला परेका थिए ।

सबैभन्दा धेरै नेपालगन्जमा २३८, कोहलपुरमा १४५ र खजुरामा १०७ जना क्षयरोगी फेला परेका छन् । यस्तै राप्तीसोनारीमा ७८ जना, बैजनाथमा ९५ जना, जानकीमा ५७ जना, डुडुवामा ६२ जना र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगी फेला परेको फोकल पर्सन नेपालीले बताउनुभयो ।

बाँकेमा प्रत्येक वर्ष १३ सय ८६ जना उपचारको दायरामा आउनु पर्ने हो । तर अहिले उपचारको पहुँचमा ४९४ जना मात्रै छन् ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, टिभी नेपाललगायतका संघसंस्थाले आज नेपालगन्जमा सरोकारवाला तथा संचारकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech