के स्थायी बन्ध्याकरणले कमजोर बनाउँछ ?

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७८, मंगलवार

खासगरि सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरणको साहारा लिने गरिन्छ । स्थायी बन्ध्याकरण पुरुष र महिलाको लागि फरक फरक तरिकाले गरिन्छ । पुरुषको लागि भ्यासेक्टोमी गरिन्छ भने महिलाको लागि मिनील्याप । भ्यासेक्टोमी भनेको पुरुषमा रहेको शुक्रकिट बग्ने नलीलाई काट्ने हो । यसो गरेमा पुरुषबाट शुक्रकिट बाहिर झर्न पाउँदैन ।

मिनील्यापमा पुरुषको सुक्रकिट महिलाको पाठेघरहुँदै फर्टिलाइजेसन बच्चा बन्ने ठाउँसम्म पुगेपनि महिलाको डिम्ब, डिम्ब नली काटेका कारण महिलाको पाठेघरको डिम्ब नली जहाँ फरटिलाइजेसन हुने ठाउँसम्म आईपुग्न सक्दैन र बच्चा बन्ने प्रक्रिया रोकिन्छ ।
यसरी गरिन्छ बन्ध्याकरण
सबैभन्दा पहिला त सम्बन्धित व्यक्ति इच्छुक हुनुपर्छ । त्यसपछि स्वास्थ्य परिक्षण गरिन्छ । अहिले पनि गाउँघरमा पुरुषले बन्ध्याकरण गरेपछि शारीरिक सम्पर्क गर्नै असमर्थ हुन्छ भन्ने जस्ता भ्रम पनि छन् । तर, यो निकै सहजताका साथ गरिन्छ । सामान्य शिविरमा भ्यासेक्टोमी गर्न सकिन्छ । पाँचदेखि सात मिनेटको समयमा भ्यासेक्टोमी गर्न सकिन्छ । यसलाई मिनी अप्रेशनको रुपमा लिने गरिन्छ ।
बन्ध्याकरणको तुलनामा महिलामा गरिने मिनील्याप अलि जटिल हुन्छ । किनकी महिलाको डिम्बको दुई वटा नशा काट्नुपर्ने हुन्छ । यो चाहीँ पेटबाट अलिकति प्वाल पार्नुपर्छ । यस्तो गर्दा एकदेखि डेढ सेमीको प्वाल पारिन्छ । १४–१५ मिनेटको अवधिमा मिनी ल्यावको कार्य सम्पन्न सकिन्छ । भ्यासेक्टोमिको लागि कम्तिमा १५ देखि २० मिनेट र मिनिल्यापको लागि ३० मिनेटसम्म समय लाग्न सक्छ ।
के कमजोर बनाउँछ ?
कतिपय पुरुष र महिलामा बन्ध्याकरणपछि साइकोलोजिकल समस्या आउन सक्छ । खासगरि चेतनाको कमीले यस्तो समस्या देखा पर्ने हो ।
– भ्यासेक्टोमीपछि कतिपयमा केही समय रगत बग्न सक्छ । रगत पातलो भएको अवस्थामा यस्तो समस्या आउँछ ।
– जुन पहिले नै परिक्षण गरिन्छ । केही समयमा त्यस्ता रगतको चोक्टा निकालेर फालेमा कुनै समस्या हुँदैन ।
– हेमाटोमाको कारणले गर्दा कतिपयको अण्डकोषहरु सुनिन पनि सक्छ । त्यसलाई पनि एन्टिवायोटिक दिएर ठिक पार्न सकिन्छ । यो त्यति ठूलो समस्या होइन ।
– महिलाहरु तल्लो पेट दुखेको बताउँछन् । कहिलेकाँही घाउ पाक्यो भने यस्तो समस्या हुन्छ । जुन विस्तारै ठिक हुँदै जान्छ ।
तर, भ्यासेक्टोमी वा मिनील्याव दुवैले दैनिक जीवनमा त्यस्तो कुनै असर पार्दैन । केही दिन सामान्य सावधानी अपनाएपछि पुगिहाल्छ । यसकै कारण मानिस कमजोर हुन्छ भन्ने चाहीँ भ्रम मात्र हो ।
समयमा नै परिवार नियोजन वा बन्ध्याकरणको प्रक्रिया अवलम्बन गरेमा अनावस्यक गर्भ पतनको कारण महिलाको स्वास्थ्यमा पर्न सक्ने तत्कालिक तथा दिर्घकालिन असरबाट बच्न सकिन्छ । परिवार र परिवारका सदस्यहरू थप सुदृढ र सशक्त हुनुको साथै आत्मबल पनि बलियो हुन्छ र सुखी परिवारको स्थापना हुन्छ ।

  • ८ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech