फत्तेवाल आँखा अस्पतालको आँखा शिविरः १४ हजारबढीले सेवा लिए, दुई हजारबढीको शल्यक्रिया

मोतिबिन्दु भएका बिरामीहरु ३ हजार ७८ जनालाई शल्यक्रियाका लागि रिफर गरिएकोमा अहिलेसम्म २ हजार ७ जनाको फत्तेवाल आँखा अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा बर्माले बताउनुभयो ।


    • सुमित्रा सुवेदी

  • ७ चैत्र २०७८, सोमबार

तस्विर फाइल

नेपालगन्जः फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जले चालु आर्थिक बर्षको हालसम्ममा बाँकेमा आठ पालिकाका ८१ वटा वडामा गरेको आँखा जाँच शिविरमा १४ हजार २ सय भन्दा बढिले आँखा जाँच गराइ सेवा लिएका छन् ।

जसमध्ये शिविरमा तीन हजार ७८ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए । कोहलपुर नगरपालिकाका १५ वटै वडाका २ हजार १ सय ७२ जनाले आँखा जाँच गराएकोमा ३ सय ७६ जना मोतिबिन्दुका बिरामि भेटिएका छन् ।

नेपालगन्ज उपमहानगर पालिका भित्रका तीन हजार ८७ जनाले आँखा जाँच गराएकोमा २ सय ८० जना मोतिविन्दुको बिरामीलाई शल्यक्रियाका लागि अस्पतालमा रेफर गरिएको थियो । त्यस्तै जानकि गाँउपालिकामा ११ सय ५६ जनाको जाँच गरिएकोमा ३ सय ३१ जना मोतिबिन्दुका बिरामी फेला परेका थिए ।

खजुरामा १३ सय ५ जनाको जाँच गरिएकोमा मोतिबिन्दुका २ सय ९१ जना फेला परेका थिए । बैजनाथ गाँउ पालिकामा १ हजार ७ सय १७ जनाको जाँच गरिएकोमा ३ सय ४७ जना मोतिबिन्दुका बिरामी भेटिएको अस्पतालका प्रबन्ध निर्देशक डा कौशल बर्माले बताउनुभयो ।

त्यस्तै राप्तिसोनारी गाउँपालिकामा २ हजार १ सय ७६ जनाले सेवा लिएकोमा ५ सय जना मोतिबिन्दुका बिरामी भेटिएका थिए । डुडुवा गाउँपालिकामा १ हजार १ सय ४७ जनाले जाँच गराएकोमा ३ सय ६२ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए ।

नरैनापुरमा १ हजार ४ सय ५३ जनाले जाँच गराएकोमा ५ सय ९१ जना मोतिबिन्दुका बिरामी फेला परेका थिए । सबै भन्दा बढि राप्तीपारीका नागरिकहरुमा आँखाको मोतिबिन्दुको समस्या देखिएको अस्पतालले जनाएको छ ।

मोतिबिन्दु भएका बिरामीहरु ३ हजार ७८ जनालाई शल्यक्रियाका लागि रिफर गरिएकोमा अहिलेसम्म २ हजार ७ जनाको फत्तेवाल आँखा अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा बर्माले बताउनुभयो ।

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech