देशभरका एम्बुलेन्सलाई एकद्वारा प्रणालीबाट सञ्चालन गरिने

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७८, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका एम्बुलेन्सलाई एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वारा प्रणालीबाट सञ्चालन गर्नका लागि राष्ट्रिय प्रेषण केन्द्र समेत स्थापना गरेको छ ।

मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गर्दै राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरेर एम्बुलेन्सहरुलाई एकीकृत रुपमा परिचालन गर्ने भएको हो । प्रेषण केन्द्र सञ्चालनका लागि सन् २०२३ सम्म ग्लोबल फण्डले वित्तिय सहयोग गर्नेछ ।

प्रेषण केन्द्रका लागि कर्मचारी भर्तीको प्रक्रिया पनि मन्त्रालयले अगाडि बढाएको छ । जसका लागि ६ चैतमा एक सूचना प्रकाशित गर्दै मन्त्रालयले ३ जना एचए र ३ जना स्टाफ नर्स माग गरेको छ ।

इच्छुक व्यक्तिले मन्त्रालयको आपत्तकालीन कार्यसञ्चालन केन्द्रको अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।

सूचना

 

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech