घरघर पुगेर गर्भवतीलाई कोसेली बाँड्दै साँफेबगरकी उपप्रमुख

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७८, आईतवार

नेपालगन्जः साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ ।

उपमेयर विर्मलादेवी वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिनुभयो । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो ।

उहाँका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको हो ।

गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको साँफेबगर नगरपालिका– ४ मष्टमाडौंकी सरिता भुलले बताउनुभयो ।

गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उहाँको भनाइ छ ।

  • ६ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech