२४ घण्टामा ३७ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना सङ्क्रमण पुटि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६१ जनाको नमुना परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८२ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

अहिले नेपालमा तीन हजार दुई सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ६ सय ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • ६ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech