नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा अब यस्ताे अवस्थामा मात्र स्वास्थ्य परीक्षण (सूचनासहित)

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७८, आईतवार

नेपालगन्जः नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा अब कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप नलगाएका, ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका र लक्षण देखिएकाहरूको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार सूचना निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा गर्दै आएको स्वास्थ्य परीक्षणलाई खुकुलो बनाएको जानकारी गराएको हो ।

पूर्ण खोप र ७२ घण्टाभित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट भए पनि कोरोनासँग मिल्दो लक्षण भएमा भने परीक्षण गराउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

  • ६ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech