१२औं तहको प्रमुख विशेषज्ञ पदका लागि बढुवा प्रक्रिया अघि बढ्यो

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७८, आईतवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको १२औं तहको प्रमुख विशेषज्ञ पदका बढुवा प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले आइतबार सूचना निकाल्दै १२औं तहमा बढुवा हुनका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण माग गरेको छ। कर्मचारीले १५ दिनभित्र विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

स्वास्थ्यमा प्रमुख विशेषज्ञ पद १२औं तहको पद ४ वटा छ। जसमध्ये अहिले एउटा पद खाली छ। गत २ मंसिरमा प्रमुख विशेषज्ञ पदमा बढुवा भएका डा भीमसिंह तिंकरीले गत २ माघमा अवकाश पाएपछि एउटा पद खुली भएको हो। अहिले सोही पदमा बढुवा गर्नका लागि निवेदन मागिएको हो।

स्वास्थ्यमा अहिले डा दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव र डा गुणराज लोहनी प्रमुख विशेषज्ञ पदमा कार्यरत रहनुभएको छ ।

सूचना अनुसार बढुवाका लागि २०७८ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६९१० बमोजिमको सेवा अवधी पुरा गरेका एघारौं तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन्।

त्यसका लागि मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्वन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सो विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई १५ दिन भित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ।

  • ६ चैत्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech