कोहलपुरबाट विरामी लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स ट्रकसँग जुध्यो

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७८, शुक्रबार

नेपालगन्जः पूर्वपश्चिम राजमार्ग अन्तर्गत् बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीमा विरामी सवार एम्वुलेन्स र ट्रक एक आपसमा जुध्दा पाँच जना घाईते भएका छन् ।

बुढीगंगा नगरपालिका–७ बाजुराका २१ वर्षीय विरामी सुदीप केसीलाई बाँकेको कोहलपुरबाट काठमाडौं लिएर जाँदै गरेको भे १ च ३६५३ नम्वरको एम्वुलेन्स विराटनगरदेखि अछामको साफेवगरतर्फ जाँदै गरेको सु प प्र ०१००१ ख २७३५ नम्वरको ट्रकसँग जुधेको प्रहरीले जनाएको छ ।

त्यसक्रममा विरामी केसीसँगै उहाँका ४६ वर्षीय वुवा वीरबहादुर केसी र विरामीकै साथमा रहनुभएका २३ वर्षीय दशरथ थापा घाइते हुनु भएको कुसुम ट्राफिक पोष्टका इन्चार्ज रामबहादुर विष्टले जानकारी दिनुभयो ।

त्यस्तै एम्वुलेन्स चालक बासगढी नगरपालिका–८ बर्दियाका ३४ वर्षीय प्रकाश वि.क र कोहलपुर नगरपालिका–११ का २२ वर्षीय गणेश थारु पनि घाइते हुनुभएको छ ।

घाइते सबैको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । ट्रक र चालक इप्रका कुसुमको नियन्त्रणमा छन् ।

  • ४ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech