हेलिकप्टरबाट सुत्केरीको उद्धार

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७८, शुक्रबार

नेपालगन्जः कालीकोट पलाँता गाउँपालिका(५ खिनकी २४ वर्षीया गीता शाही बमको हेलकप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी हुन नसकेपछि बमलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वडा अध्यक्ष वीर बमको पहलमा सुत्केरीको उद्धार गरिएको हो ।

खिनको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले सुत्केरी गराउन नसकेपछि बिहीवार नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान समन्वय इकाइ काठमाण्डौलाई सुत्केरीको उद्धार गर्न पत्राचार गरेको थियो । कर्णाली प्रदेशमा हवाई उद्धार सेवा प्रभावकारी देखिएको छ ।

  • ४ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech