आउँदो २५ गतेदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

    • स्वास्थ्य पेज

  • ३ चैत्र २०७८, बिहीबार

A Palestinian Red Crescent health worker prepares a dose of Russian Sputnik V Covid-19 vaccine in the West Bank city of Hebron, on February 11, 2021. - The Palestinian Authority began vaccinating health workers in the occupied West Bank against Covid-19, after a pressure campaign on Israel to provide the jabs. Israel's defence ministry said on February 1 that it would send 5,000 vaccine doses to the Palestinian Authority to vaccinate medical workers. (Photo by HAZEM BADER / AFP)

नेपालगन्जः सरकारले आउँदो २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिनुभयो। सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको छ । यो खोप अभियानपछि टाइफाइडविरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी छ ।

भण्डार केन्द्रको अभावका कारण खोप ल्याउन ढिलाइ भइरहेको थियो। हिजो टाइफाइडविरुद्धको दुई लाख भायल खोप भारतबाट आएको छ। थप खोप पनि ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech