नेपालगन्जमा एक लाख ६१ हजारमा ३६ हजार व्यक्तिले मात्रै हात्तीपाइलेको औषधि खाए

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७८, बुधबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकामा हालसम्म ३६ हजार बढीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । नेपालगन्जमा एक लाख ६१ हजार ७ सय ५ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ ।

फागुन २८ गतेदेखि चैत्र १ गतेसम्म उपमहानगरपालिका भित्र ३६ हजार ६४६ जनाले औषधी सेवन गरेको तथ्यांकमा उल्लेख छ ।

अभियानको पहिलो दिन उपमहानगरपालिका भित्र ७ हजार १०० जनाले औषधी खाएका थिए । त्यस्तै २९ फागुनमा ९ हजार २३९ जनाले र ३० फागुनमा १० हजार ३४२ जनाले औषधी सेवन गरेका थिए ।

चैत्र १ गते ९ हजार ९६५ जनाले औषधी सेवन गरेको उपमहानगरपालिको दैनिक प्रगति प्रतिवेदनमा उल्लेख छ । औषधि खुवाउने अभियान अझै जारी छ ।

आजसम्म जिल्ला भरिनै घरदैलो अभियान मार्फत औषधी खुवाइनेछ । त्यसपछि पनि अभियान जारी नै रहने नेपालगन्ज स्वास्थ्य शाखाका हात्तीपाइले रोग फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

  • २ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech