नाइट ड्यूटी सकेर अस्पतालमै सुतेका डाक्टर सिंहको ह्रदयघातबाट मृत्यु

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७८, बुधबार

नेपालगन्जः नवलपरासीको चिसापानी अस्पतालको ड्यूटी रुममा मृत फेला पर्नुभएका ३५ वर्षीय चिकित्सक डा दिपेन्द्रप्रताप सिंहको हृदयघातबाट मृत्यु भएको पुष्टि भएको छ।

डा सिंह आइतबार दिउँसो अस्पतालको ड्यूटी रुममा मृत फेला पर्नुभएको थियो । पोष्टमार्टम रिपोर्ट अनुसार डा सिंहलाई हृदयघात भएको हो।

अस्पतालका अस्पतालका प्रशासक एवं जनस्वास्थ्य निरीक्षक रमेशचन्द्र न्यौपानका अनुसार डा सिंह शनिबार रातीको नाइट ड्यूटी सकेर आइतबार बिहान ७ बजे ड्यूटी रुममा सुत्नका लागि जानुभएको थियो ।

सफाइकर्मीले सरसफाई गर्ने क्रममा ढोका नखोलेपछि ढोक फोडेर हेर्दा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

उहाँका अनुसार परासी घर भएका डा सिंह एक वर्षदेखि अस्पतालमा करारमा कार्यरत रहनुभएको थियो ।

  • २ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech