विरामीको पेटबाट निकालियो फलामको सिक्री र पेटीको बक्कल

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७८, बुधबार

नेपालगन्जः नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन् ।

भोजपुरको भोजपुर नगरपालिका– १२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बक्कल निलेका थिए । सिक्री उनको पेटमा थियो ।

बक्कल भने खाना नलीमा अड्किएको थियो । मर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेको पाइएको छ । बक्कल र सिक्री निलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

नोबेलका शल्य चिकित्सक डा ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बक्कल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको दाहालले बताउनुभयो । उपचारपछि ती युवक घर फर्किएको उहाँले बताउनुभयो ।

  • २ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech