खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि तिनाउ अस्पतालमा लफडा

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७८, बुधबार

नेपालगन्जः बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरूले डाक्टरको लापरबाही भएको भन्दै अस्पताल घेरेर नाराबाजी गरेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

अस्पतालका डाक्टरको लापरबाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले घटनाको छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शब नबुझ्ने अडान लिएका छन् ।

सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो ।

ताराप्रसादको डा योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् । ‘शुरुमा ३÷४ घण्टामा अप्रेसन सकिन्छ भनियो, तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दै भनेका थिए’ हेमलालले भन्नुभयो–‘पछि फेरि पाँच बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेको केहीबेरमै मामा रहनुभएन ।’

चार वर्षअघि दुर्घटनामा खुट्टा भाँचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भाँचिएपछि अप्रेसन गर्न भर्ना भएका थिए । शल्यक्रियाअघि गरिएको एक्सरेमा रड भाँचिएको नदेखिएको तर पछि रड भाँचिएको भनिएको हेमलालले बताउनुभयो ।

 

  • २ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech